वरिष्ठ जनगायक जीवन शर्मा सम्मानित
दमौली । प्रगतिशील लेखक सङ्घ तनहुँले वरिष्ठ जनगायक जीवन शर्मालाई सम्मान गरेको छ। शनिबार दमौलीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले जनगायक शर्मालाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरेकी हुन्।
कार्यक्रममा केन्द्रीय सदस्य कोइरालाले गायक शर्माले जनताको पक्षमा गीत गाएर नै निरंशुकतामाथि प्रहार गरेको बताईन्। नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कम्युनिष्ट पार्टीका कार्यकर्तामा अध्ययनको कमी भएको भन्दै समाजवादको यात्रामा जान पनि पहिला अध्ययनशील बन्नुपर्ने र विश्वका इतिहासहरुको बारेमा जानकारी राख्नुपर्ने बताईन्।
जनगायक शर्माले जीवनको लामो कालखण्डमा निरंकुशताविरुद्धको आन्दोलनमा गीत–सङ्गीतले राम्रो प्रभाव पारेको बताए। सो अवसरमा न्यौपानेले लेख्नुभएको सङ्घर्षको इतिहास नामक पुस्तकमाथि वाम बुद्धिजीविहरु शेषमणि आचार्य र डम्बरदेव कैनीले परिचर्चा गरेका थिए।
प्रतिक्रिया
Facebook Comment