आज घट्यो सुन-चाँदीको भाउ, तोलाको कति ?

काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ । गत दुई सातासम्म लगातार बढेर बिहीबार र शुक्रबार ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५ सय रुपैयाँ घटेको छ ।
आज छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बिहीबार र शुक्रबार छापावाल सुन ७१ हजार ५ सय तथा तेजावी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि चाँदी ८३० रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।
प्रतिक्रिया
Facebook Comment