जिउँदै ठेगान लगाएका शक्तिलाई चिहानमा गएर हड्डी फुकेर संस्था फर्काउने सपना नदेख्न चेतावनी

डिसी नेपाल
१ भदौ २०७६ ११:५५

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सर्वोच्च जनप्रतिनिधि संस्था संसदलाई मर्यादित बनाउन आह्वान गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संसद अवरोधरहित ढंगले क्रियाशील रहेको भन्दै खुशी व्यक्त गरे।

प्रधानमन्त्री ओलीले सबै लोकतान्त्रिक शक्तिको मिलेर मुलुकमा गणतन्त्र स्थापना भएको, त्यही प्रणाली अनुसार मुलुकमा नयाँ प्रणालीको अभ्यास भइरहेको उल्लेख गर्दै भने– यो हामीले निर्माण गरेको, संविधानले तय गरेको नयाँ प्रणाली हो। पुनारो प्रणालीका पक्षधरहरु पनि यो देशमा छन्। लोकतन्त्र दमनकारी प्रणाली नभएका कारण पुरानो प्रणाली पक्षधरले पनि खुलेआम गतिविधि गर्न पाउने नै भए, गरिरेहेका छन्। नयाँ अभ्यास अगाडि बढिरहेको अवस्थामा नयाँ प्रणालीले राम्ररी अम्यास गर्न नपाउँदै यसलाई कमजोर पार्न खेल हुन थालेका छन्।’

देश बनाउन र समृद्ध बनाउ सही नीति लिएर अगाडि बढेको सरकारलाई लोकतन्त्रको विरोधीको रुपमा प्रचार गरेको भन्दै आपत्ति जनाए। उनले जनमतको आधारमा जनताको मत जितेर सरकार गठन गरेको भन्दै सरकार अधिनायकवादमा गयो भन्नु गलत हुने चेतावनी दिए। सरकारको उद्देश्य नै लोकतन्त्रलाई सुदृढ गर्नु रहेको बताए। उनले सरकारको उदारता र सम्यमतालाई हेरेरे केही शक्ति बढी हौसिएको आरोप लगाए।

जुन संस्था र निकायका जुन शक्तिका कुरा गर्ने गर्छन। ती शक्ति जिउँदै हुँदा ठेगान लगाएका हौं। चिहानमा गएर हड्डी फुकेर ती संस्था फर्काउँछु भन्ने सुनेको छु। बेमौशको बाजा नबजाए हुन्थ्यो

प्रधानमन्त्री ओलीले संविधान अनुसार चल्ने कुरामा विरोध र आलेचनाको पनि सरकारले स्वागत गर्ने र सरकारको आलोचनाको नाममा प्रणाली उल्टाउने प्रतिगतम गर्ने, संविधान उल्लंघन गर्न कुरा सरकारलाई मान्य नहुने चेतावनी दिए। ‘संविधान लोकतन्त्र, लोकतान्त्रिक गणतन्त्र संघीयता जनताको शासन विरोधी क्रियाकालाप सरकारलाई स्वीकार्य हुँदैन,’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले केही प्रतिमागी तत्व सडकमा आए भन्दैमा सरकार नभाग्ने बताए। ‘दिवा समना नदेखे हुन्थ्यो, यो सरकार चुनौतीको सामना गरेर आएको पृष्ठ भूमि छ। जुन संस्था र निकायका जुन शक्तिका कुरा गर्ने गर्छन। ती शक्ति जिउँदै हुँदा ठेगान लगाएका हौं। चिहानमा गएर हड्डी फुकेर ती संस्था फर्काउँछु भन्ने सुनेको छु। बेमौशको बाजा नबजाए हुन्थ्यो,’ उनले भने।

प्रधानमन्त्री ओलीले बर्तमान प्रणालीलाई अझ बलियो बनाउन संविधान कार्यान्वयन सम्बन्धि कानुनको प्रक्रिया अन्तिम चरणमा पुगेको र बाँकी रहेका कानुनको निर्माण पनि संसदले चालु अधिवेशनमा पूरा हुने जनाए।उनले कानुन निर्माणमा विलम्ब हुँदा कार्यान्वयनमा बिलम्ब हुने र कार्यान्वयनमा जटिलता पैदा हुने भएकाले सरकारले कानुन निर्माणलाई प्राथमिकतामा रहेको बताए।

‘संविधान प्राप्त गरिसकेपछि संविधानले भनेको संरचना बनाइ सकेपछि कानुन बनाइसकेपछि, अब ध्यान सुशासन र विकासमा केन्द्रित गरेका छौं। हामी सबैको साझा र राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपाली हो,’ उनले भने, ‘भयरहित वातावरण, कानुनी राज्य, गरिवीबाट उन्मुक्ति अशिक्षा र पछ्यौटेपनबाट उन्मुक्ति, विपन्नतारहित अवस्थामा मात्र मानव सुखी हुनसक्छ। सम्पन्नता हासिल गर्ने, शान्ति सुरक्षा हासिल गर्ने, सम्मानपूर्ण र समानताका आधारमा जीवन यापत गर्ने कुरामा सरकारको ध्यान केन्द्रित छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *