‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन’

डिसी नेपाल
१ भदौ २०७६ १३:२०

काठमाडौं। प्रधानमन्त्री केपी शर्माले राजसंस्था उल्टाउने प्रयास नगर्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्वोधन गर्दै उनले राजसंस्थाको वकालत गर्नेहरुको सडकमा चलखेल बढेको भन्दै जिउँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न चेतावनी दिएका हुन्। प्रतिगमनकारीले सरकार अधिनायवादतर्फ गयो भन्दै जनतामा अविश्वास, निरासा र भ्रम फैलाउने काम गरेको उल्लेख गर्दै उनले लोकतन्त्र रक्षाका लागि सरकार मैदान उत्रने बताए।

‘ती शक्तिहरु जिउँदै हुँदा तीनलाई हामीले ठेगान लगाएका हौं। अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउछु भन्ने कुराको पनि परिकल्पना गरेर उफ्रेको देखिन्छ। यो बेमौसमी बाजा नबजाए हुन्थ्यो,’ उनले भने।

उनले राजसंस्थावादीलाई नहौसिन पनि चेतावनी दिए। ‘अहिलेको सरकारको उदारता र सयंमतालाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको देखिन्छ। सरकारको आलोचनाको नाममा प्रणाली उल्टाउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्वीकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन,’ उनले भने, ‘म खुलस्त भन्न चाहन्छु संविधान लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु सरकारको उदारताबाट त्यस्ता क्रियाकलाप संचालन गर्ने तत्वहरु नहौसिय हुन्छ।’

पद नगएको मैले दुनियाँमा कोही देखेको छैन,’ उनले भने, ‘सबैको पद कुनै न कुनै दिन जान्छ। आगामी निर्वाचन पछि मलाइ पनि बस्न मन छैन। त्यसकारण निर्वाचन सम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु।’

केही प्रतिगामी तत्व सडकमा आए भन्दैमा सरकार भाग्छ भन्ने दिवा सपना नदेख्न उनले सबैलाई सचेत गराए। ठूला ठूला चुनौतीको सामाना गरेर आएको पृष्टभूमि वर्तमान सरकारको रहेको भन्दै उनले राजसंस्था उल्टाउँछु भनेर सडकमा नआउन चेतावनी दिए।

‘मैले एक जनाले भनेको सुने, प्रधानमन्त्री लगलग लगलग कामेका छन्। अब जाने भो। पद नगएको मैले दुनियाँमा कोही देखेको छैन,’ उनले भने, ‘सबैको पद कुनै न कुनै दिन जान्छ। आगामी निर्वाचन पछि मलाइ पनि बस्न मन छैन। त्यसकारण निर्वाचन सम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु।’

उनले सरकारको लोकतान्त्रिक अभ्यास र निष्ठामाथि अनावश्यक भ्रम फैलाउने प्रयास भएको टिप्पणी गरे। लोकतान्त्रिक विधिबाट जनताको अभिमत र विश्वासबाट वर्तमान सरकार बनेकाले जनताको हित विपरित कुनै पनि त्रुटी नगर्ने प्रतिवद्धता जनाए। उनले जनताको निरासा र तात्कालिन भल छोपेर सरकार गठन नभएको तर्फपनि सचेत गराए।

‘जनताको अभिमतबाट वर्तमान सरकार बनेको छ। यो सरकार अचानक एउटा हुईममा। जनताको निरासामाथि टेकेर बनेको सरकार होइन,’ उनले भने, ‘तात्कालीन सेन्टिमेण्टको एउटा भल छोपेर बनेको सरकार होइन। अरुले ल्याएर दिएको लोकतन्त्रमा होइन, लोकतन्त्र ल्याउन लडेको हो। कोही भन्दा कम त्याग तपस्या र बलिदानी गरेर यस पार्टीले त्यो समर्थन प्राप्त गरेको होइन। यस पार्टीले कुनै नीतिगत वा कुनै त्रुटी र गलत कामबाट जनताको आलोचना खेप्नुपर्ने अवस्था श्रृजना गरेको छैन। अधिनायकवाद तर्फ गयो भनेर जनतामा भ्रम फैलाउने प्रयास नगरे हुन्छ।’

प्रधानमन्त्री ओलीले एक साता भित्र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका पदाधिकारी नियुक्त गर्ने प्रतिवद्धता पनि जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *