सवारी साधनहरुको कुम्भ मेला (नाडा अटो शाे) भदौ १० देखि सुरु

काठमाडौं । यो वर्षको सवारी साधनहरुको कुम्भ मेला अर्थात् नाडा अटो सो भदौ १० देखि सुरु हुने भएको छ।
नाडा अटो मोबाईल्स नेपालले आईतबार पत्रकार सम्मेलन गर्दै नाडा अटो साकोे १४ औं संस्करण भदौ १० देखि १६ गतेसम्म हुने जानकारी दिएको हो। आयोजकले यो अटो सोमा बिगतमा भन्दा धेरै सहभागिता हुने बताएको छ। यो वर्षको प्रदर्शनीमा ४ पाँग्रेका २३ वटा ब्राण्डका गाडीहरुको प्रदर्शनी हुनेछ भएको छ।
यस्तै अटो सो मा १९ वटा ब्रान्डका २ पांग्रे १२ वटा ब्रान्डका लुब्रिकेंट लगायतको सहभागिता हुने मेला आयोजक समितिका संयोजक निराकार श्रेष्ठले जानकारी दिए। मेलामा बीमा कम्पनी, वित्तीय संस्थाका छुट्टाछुट्टै स्टल रहने पनि संयोजक श्रेष्ठले जानकारी दिए।
यो वर्षको प्रदर्शनी अन्य वर्षहरु भन्दा विशाल र भव्य हुने आयोजकले दावी गरेको छ। यस व्यवसायसँग सम्बन्धित व्यवसायी तथा सेवामुलक संघ संस्थाको चाँसो र सहभागिता हरेक वर्ष बढ्दै गएको छ।
सवारी साधन सम्बन्धि चासो राख्ने ग्राहक र ब्यबसायीलाई आवश्यक सम्पूर्ण जानकारी यो मेलामा पाइने संयोजक श्रेष्ठले दावी गरे। यो मेलामा विद्युतीय सवारी र विभिन्न सवारीका हाईब्रिड मोडल उत्पादन गर्ने ५ वटा कम्पनीहरुले सहभागिता जनाउने भएका छन्।
नेपालमा लोड सेडिंगको अन्त्य भइ बिद्युत आपूर्ति नियमित हुनथाले पछि सरकारले पनि विद्युतीय सवारीको आयात तथा खरिद बिक्रीमा खुकुलो नीति बनाएको छ।
यो वर्षको प्रदर्शनी भृकुटीमण्डपको प्रदर्शनी स्थलसँगैको खुला ठाउँ संगै बँगैचामा पनि हुने भएको छ।
Facebook Comment