शनिबार राती ५ लाख ८१ हजार बराबरको धनमाल चोरी
काठमाडौं । मोरङ, कानेपोखरी गाउँपालिका ७ बरगाछीस्थित नमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिबार राति नगद ५ लाख २६ हजार ५ सय ५१ रुपैयाँ र सिसिटिभीको एनभिआर बक्स चोरी भएको छ।
धनुषा, कमला नगरपालिका ४ सागरास्थित ४ नम्बर वडा कार्यालयबाट शनिबार राति कम्प्युटर १ थान, प्रिन्टर १ थान, राजस्व काटेको ठेली र नगद १० हजार ४ सय समेत गरी करिब ५५ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment