माधव नेपाललाई झलनाथको झड्का, नेपालको वरियता खोसियो

डिसी नेपाल
१ भदौ २०७६ २०:४८

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठकले आइतबार पार्टीको तेस्रो वरियतामा रहेका वरिष्ठ नेता माधव कुमार नेपालको वरियता घटुवा गरेको छ। पार्टी दुई अध्यक्षपछि तेस्रो वरियतामा वरिष्ठ नेता झलनाथ खनाललाई ल्याइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेता नेपाल अब चौथो वरियतामा रहेका छन्।

आइतबार बसेको सचिवालय बैठकले पार्टी एकीकरण भएको करिब १४ महिनापछि नेता नेपालको वरियता खोसेको हो। यसअघिकै बैठकमा नेता खनालको वरियताबारे छलफल गर्ने भनिएअनुसार आइतबार यस्तो निर्णय भएको हो ।

नयाँ वरियतापछि नेकपामा नेता नेपाल कमजोर देखिएका छन् भने नेता खनालको शक्ति बढेको देखिएको छ। तत्कालीन एमालेको दोस्रो वरियतामा रहेका नेता झलनाथ खनाल पार्टी एकीकरण हुँदा चीनमा रहेको मौकामा नेता नेपालले उनको स्थानमा आफुलाई तेस्रो वरियतामा स्थापित गराउन सफल भएका थिए। वरियताका विषयमा नेता खनाल त्यतिबेला देखि नै असन्तुष्ट थिए। तर, अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले उनको कुरा सुनेका थिएनन्। तर, एकाएक नेता नेपाललाई ‘कर्नर’मा पार्ने गरी नेकपाले निर्णय गरेको हो।

नेकपाले आइतबार थप केन्द्रीय सदस्यहरुको कार्य विभाजनसमेत गरेको छ। विभिन्न विशेष जिल्ला कमिटि गठन गरिएका छन् भने ती कमिटिको इन्चार्ज र सहइन्जार्च तोक्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *