सांसद सूर्यनारायण यादवको राजीनामा फिर्ता

डिसी नेपाल
१ भदौ २०७६ २१:२४

काठमाडौं। स्वास्थ्यको कारण देखाउँदै प्रतिनिधिसभा सांसद सूर्यनारायाण यादवले दिएको राजीनामा फिर्ता भएको छ। सप्तरी १ बाट तत्कालीन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष चुनाव जितेका समाजवादी पार्टीका सांसद डा. यादवले स्वास्थ्य समस्या देखाउँदै एक हप्ता अघि संसद सचिवालयमा राजीनामा दिएका थिए।

तर, पाटीको संसदीय दलको बैठकले उनको राजीनामा फिर्ता गराउने निर्णयपछि राजीनामा फिर्ता भएको हो। यादवले राजीनामा दिएपछि त्यहाँबाट सिके राउतलाइ संसदमा ल्याउने चर्चा चलेको थियो। यद्यपी समाजवादी पार्टीले भने त्यस्तो हल्ला निराधार रहेको बताउँदै आएको थियो। राजीनामा फिर्तासँगै सिके राउत चर्चा समाप्त भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *