सामाजिक संजालबाट सबैभन्दा बढी घाटा युवतीहरुलाई

काठमाडौं। के तपाइँ समाजिक संजालका कारण युवाहरुमा पर्ने गलत प्रभाव र त्यसबाट हुने डिप्रेशनका विषयमा जानकार हुनुहुन्छ? केही दिन अगाडि सार्वजनिक गरिएको एक अध्ययनका अनुसार समाजिक संजालको गलत प्रभाव युवाको तुलनामा युवतीमाथि धेरै पर्छ।
उक्त शोधका लागि १३ देखि १६ वर्ष उमेर समूहका करिव १० हजार किशोर किशोरीको अन्तर्वाता लिइएको थियो। उक्त शोधका सह लेखक रसेल विनरका अनुसार समाजिक संजालको प्रयोगबाट कुनै खास असर त पर्दैन तर, लगातार सामाजिक संजाल प्रयोग गरिरह्यो भने त्यसले हाम्रो त्यस्ता गतिविधिमाथि असर पार्छ जो शरीरका लागि आवश्यक हुन्छन्।
त्यो असरले निन्द्रा नलाग्ने हुन सक्छ। यसैगरी नयाँ बाल बालिका सामाजिक संजालको धेरै प्रयोगका कारण गलत कन्टेन्ट र साइबर बुलिङको पनि शिकार हुनसक्छन्। साइबर बुलिङको शिकार धेरै जसो युवती हुने गरेका छन्।
Facebook Comment