हिरासतमै भेट्न पुगेको पत्रकारको टोलीसँग रवि लामिछानेले के भने ?

चितवन। पत्रकारहरुको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा रहेका रवि लामिछाने र युवराज कँडेलसँग भेट गरेको छ । नेपाल पत्रकार महासंघ र प्रेस संगठन नेपालको टोलीले हिरासतमै पुगेर लामिछानेसँग भेटेको हो । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्युपछि आत्महत्या दुरुत्साहन अभियोगमा प्रहरीले लामिछाने र कँडेलसहित नर्स अस्मिता कार्कीलाई पक्राउ गरी हिरासतमा राखेको छ ।
भेट्न पुगेका पत्रकारहरुसँग लामिछानेले आफ्ना पूर्व सहकर्मी पुडासैनीको आत्महत्याले निकै मर्माहत भएको बेला आफैंलाई दोषी करार गर्न खोजिएको भन्दै दुःख व्यक्त गरे । उनले निष्पक्ष छानबिनमा सघाउने बताउँदै भने – ‘तर, नियतवस फसाउने काम कतैबाट नहोस् ।’ लामिछानेसँगै पक्राउ परेका पत्रकार कँडेलले पनि आफूहरु निर्दाेष भएको बताएका छन् ।
Facebook Comment