शालिकरामले झुण्डिन डोरी किनेको सिसिटिभीमा देखियो

काठमाडौं। चितवनमा झुण्डिएर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले झुण्डिने प्रयोजनको लागि डोरी किनेको सिसिटिभी फुटेजमा देखिएको छ । नारायणगढ बसपार्कमा रहेको एक होसलेल पसलबाट उनले डोरी किनेको फुटेजमा देखिएको हो ।
पसल खोज्ने क्रममा आइतबार प्रहरीले यो पसलको सिसिटिभीको हार्ड डिस्क नै लिएर गएको थियो । त्यही हार्ड डिस्कमा रेकर्ड भएको भिडियोमा उनले डोरी किनेको देखिएको छ । उनले ५ मिटर डोरी किनेका छन् र त्यसलाई प्लाष्टिकको झोलामा राखेर लिएर गएका छन् । डोरी किन्ने बेला उनी लामो समय पसलबाहिर पर्खेर बसेको देखिएको छ ।
प्रतिक्रिया
Facebook Comment