दिपकराज गिरीले रवि लामिछानेलाई भने – ‘त्यो पीडा मलाई थाहा छ’

डिसी नेपाल
२ भदौ २०७६ १५:१५

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा पत्रकार रवि लामिछाने अहिले प्रहरीको नियन्त्रणमा छन् । यो विषयले अहिले सामाजिक संजालदेखि सडकसम्म तातेको छ । उनको पक्ष र विपक्षमा आवाज उठाउनेहरुको ठूलो जमात छ ।

पत्रकारिता मार्फत जनमानसमा राम्रो छवि बनाएका रविको विषयमा धेरै कलाकारहरुले आफ्नो प्रतिक्रिया राख्दै आएका छन् । कलाकार दिपकराज गिरी पनि यो विषयमा लगातार आफ्नो प्रतिक्रिया दिँदै आएका छन् । केही समयअघि मात्रै उनले आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै आत्महत्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पीडा हुन्छ त्यो आफूलाई थाहा भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘आत्महत्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पीडा हुन्छ भन्ने अनुभव मलाई छ… निन्द्रा बिनाका धेरै रातहरु बिताएको छु… त्यसैले रविजीको अवस्था पनि अनुमान गर्न सक्छु… सत्य जितोस् असत्य हारोस् ।’ केही वर्षअघि दीपकराज गिरीलाई पनि यस्तै आरोप लागेको थियो । चलचित्र ‘छक्का पञ्जा’को अनलाइन पाइरेसी भएपछि उक्त घटनामा दोषी मानिएका कृष्ण सुवेदीले अनावश्यक मानसिक यातना सहन नसकी आत्महत्या गरेका थिए । जसमा दिपकराज गिरीको नाम पनि मुछिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *