‘चितवनमा प्रदर्शनकारीले जनताको अपमान गरे, त्यस्तो अराजक गतिविधिमा संलग्न नहुनू’-नेकपा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आफ्ना पार्टी सदस्य, समर्थक तथा शुभचिन्तकलाई रवि लामिछानेको समर्थनमा चितवनमा भइरहेको प्रदर्शनमा सहभागी नहुन निर्देशन दिएको छ । नेकपा चितवनले आज एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध नारा लगाउनु नेपाली जनताप्रतिको अपमान भएको पार्टीले ठहर गरेको जनाएको छ ।
जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ र सचिव कृष्णभक्त पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा घटनालाई लिएर पार्टी नेतृत्वको नामै किटेर गरिएको नाराबाजी र प्रतिक्रियावादीहरुलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल पार्टीलाई स्वीकार्य नभएको उल्लेख छ ।
प्रतिक्रिया
Facebook Comment