रूसी सेनाले ५० वर्ष पहिले लेखेको पत्र अमेरिकामा सुरक्षित भेटियो, लेखक पनि जीवितै
वासिङ्टन (रासस/एएफपी)। एक व्यक्तिले दाउरा खोज्ने क्रममा अमेरिकी राज्य अलास्कामा भेटेको रक्सीको बोतलभित्र ५० बर्ष पहिले रूसी डुङ्गाचालकले लेखेको पत्र भेटिएको छ ।
रूसी भाषमा लेखिएको पत्रको उल्था गर्न कठिन भएपछि बोतलसहित पत्र भेटेका अलास्काका टाइलर आइभनोफले पत्रलाई अनुवाद गरिदिन भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। पत्र रुसी पानी जहाजमा चालकदलको सदस्य रहेका रुसी समुद्री सैनिकले लेखेका थाहा भएको छ ।
आफूले रक्सीको बोतलमा कागजको टुक्राजस्तो बस्तु देखेपछि बोतलको बिर्को खोल्दा पुरानो रक्सीको गन्ध आएको र पत्र सुक्खा रहेको आइभनोफले बताए।
पत्र ५० बर्ष पहिले रूसी भाषामा लेखिएको पत्रमा अज्ञात व्यक्तिलाई सङ्केत गर्दै ‘यात्रा शुखमय रहोेस्’ लेखेर समुद्रमा छाडिएको विश्वास गरिएको छ । अचम्मको कुरा के छ भने उक्त पत्र लेख्ने रूसी नागरिक अहिले ८६ बर्ष पुगेका र जीवितै रहेको पाइएको छ ।
“हार्दिक नमस्कार रूसी ‘फार इस्ट फ्लिट भीआरएक्सएफ सुलाक’ बाट,” पत्रमा लेखिएको छ । “हामी तपाईको राम्रो स्वास्थ्य र लामो आयुको कामना गर्दर्छौँ । २० जुन १९६९ ।”
पत्र अमेरिकी सामाजिक सञ्जालमा आएपछि यसलाई रुसी पत्रिका नोम नजेटले यससम्बन्धी समाचार छापेको थियो । पत्रसम्बन्धी समाचार रूसमा भाइरल बनेपछि रुसी टेलीभिजन रोसिया १ का खोजी पत्रकारले पूर्व सोभियत सैनिक पत्रका लेखक क्याप्टेन एनातोली बोत्सानेन्कोको क्रिमियास्थित घरमा पुगेर पत्रबारे सोध्दा आफुले उक्त पत्र लेखेको पुष्टि गरे।
अहिले ८६ वर्षका एनातोलीलाई पत्रका बारेमा बताउँदा क्याप्टेन बोत्सानेन्कोले आँसु झारेका थिए। उनले रुसी टेलिभिजन रोसिया वानसँग भने, “हो, यो मेरो लेखाइ हो ।” पत्र कुनै अमुक व्यक्तिलाई लेखिएको नभै अपरिचित अर्थात् जसले प्राप्त गर्छ उसका लागि गरिएको सम्बोधन भएको उनले बताए।
Facebook Comment