पोष्टमार्टम रिपोर्ट भन्छ – शालिकरामको मृत्यु झुण्डिएकै कारण भएको थियो

डिसी नेपाल
३ भदौ २०७६ १५:५६

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीलाई अरु कसैले मारेर झुण्ड्याएको दावी गरिएका बेला पोष्टमार्टम रिपोर्टले भने उनलाई पहिल्यै मारेर झुण्ड्याइएको नभएको बताएको छ । उनको मृत्यु झुण्डिएका कारण भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । यो रिपोर्टसँगै शालिकरामलाई कसैले मारेर झुण्ड्याएको भनी गरिएको आशंका गलत भएको पुष्टि भएको छ । यद्यपि उनलाई अरु कसैले जिउँदै झुण्ड्याएको हुन सक्ने सम्भावना भने कायम छ ।

अर्कोतर्फ उनले मृत्युअघि रेकर्ड गरेको भनिएको र अत्याधिक चर्चामा रहेको भिडियोमा रहेको आवाज पनि उनकै भएको पुष्टि भएको छ । फरेन्सिक ल्याब परीक्षणबाट आवाज उनकै भएको प्रमाणित भएको हो । यी रिपोर्टसँगै आज तीनै जना अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई अदालत पेश गरिएको छ । अदालतमा बहस जारी छ । केही बेरमा यस विषयमा अदालतको आदेश आउनेछ । अदालतसमक्ष प्रहरीले अनुसन्धानको लागि थप २० दिन हिरासतमा राख्न अनुमति मागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *