कपिलवस्तुमा बैंकबाट निकालेको ३ लाख रुपैयाँ लुटेर फरार

डिसी नेपाल
३ भदौ २०७६ १७:१९

काठमाडौं । कपिलवस्तुमा दिउँसै ३ लाख लुटेर २ जना फरार भएका छन्।

मंगलबार राष्ट्रिय वाणिज्य बैंकबाट ३ लाख रुपैयाँ निकालेर आएका रामकुवेर धोबीको रुपैयाँ बाटोमै २ जना अपरिचित व्यक्तिले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुनिल मल्लले जानकारी दिए।

डिसी नेपालसंग कुरा गर्दै मल्लले भारतीय नं प्लेटको मोटरसाइकलमा आएका अपरिचित २ जनाले धोबीको पैसा लुटेकाे बताए। उनले फरार लुटेराहररुकाे खाेजी कार्यका लागि प्रहरी परिचालन गरेकाे जानकारी दिए।

उनका अनुसार ‍आज मंगलबार दिउँसो १ बजे २ लुटेराहरुले बैंकबाट पैसा निकालेर आएका  धाेवीकाे पैंसा लुटेर फरार भएका थिए। उनीहरुकाे खाेजी कार्यका लागि ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *