रवि लामिछानेविरुद्ध प्रमाण तोडमोड गरेको आरोपमा चितवनका एसपीसहित ३ जनाविरुद्ध उजुरी

काठमाडौं। आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धानमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध प्रमाणहरु तोडमोड गरेको अभियोगमा तीन जनाविरुद्ध उजुरी परेको छ । महानगरीय प्रहरी परिसर टेकुमा रवि लामिछानेकी श्रीमती निकिता पौडेलले यस्तो उजुरी दिएकी हुन् ।
निकिताले चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज डटकमका संकेत कोइरालाविरुद्ध प्रमाण तोडमोड गरेको भन्दै उजुरी दिएकी हुन् । उनीहरुले मृतक शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियो तोडमोड गरेको आरोप छ ।
प्रतिक्रिया
Facebook Comment