कोरियामा एक नेपाली युवा झुन्डिएको अवस्थामा मृत फेला
काठमाडौँ। रोजगारीको लागि दक्षिण कोरिया पूगेका एक नेपाली युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
कोरियाको बुसानमा कार्यरत काभ्रे जिल्ला बेथानचोक ३ लप्सीबोटका केदार तिमल्सिना आफू बस्ने भवनको पार्किङस्थलमा बुधवार विहान झुन्डिएको अवस्थामा भेटिएको न्यु भिजन गूरुप दक्षिण कोरियाका अध्यक्ष संजिव राईले डिसी नेपाललाई जानकारी दिए।
विगत ८ वर्षदेखि कोरियामा कार्यरत रहेका मृतक तिमल्सिना पहिलो पाँचवर्षे कार्यकाल पूरा गरी पुन: सीबीटी परीक्षा दिएर कोरिया गएका थिए।
उनका घरमा श्रीमती र एक महिनाको छोरा छन्। मृतकको शव पोस्टमार्टमका लागि बुसानस्थित एक अस्पतालमा राखिएको राईले बताए।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment