पोखराको जिरोमा ट्रकको ठक्करबाट खानको मृत्यु

पोखरा । पोखराको जिरो किलोमिटरमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ। दिउँसो करिब २ बजेर ५० मिनेटमा ‘लु १ ख ७९९०’ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो।
मृत्यु हुने साइकलयात्री भारत मेनापुरका ५५ वर्षीय रफिक खान रहेको प्रहरीले जनाएको छ । खान अहिले पोखरा, ८ सिर्जनाचोकमा बस्दै आएका थिए । ट्रकको ठक्करबाट घाइते भएका खानलाई उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएको थियो ।
अहिले ट्रक चालक र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment