यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा

डिसी नेपाल
५ भदौ २०७६ ११:०२

काठमाडौं । एसीसी यू–१९ एसिया कपका लागि नेपालले अन्तिम १५ सदस्यीय टोलीको घोषणा गरेको छ । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो ।

घोषणा गरेको टोलीमा सिनियर खेलाडीद्वय मोहमद आसिफ शेख र सन्दीप जोरासँगै सूर्य तामाङ टोलीमा समेटिएका छन् । यसअघि भएको इस्टर्न रिजन प्रतियोगितामा तीनै खेलाडीलाई विश्राम दिइएको थियो । इस्टर्न रिजनको टोलीबाट यू–१६ का कप्तान विशालविक्रम केसी र तिलक भण्डारी टोलीमा परेका छैनन् ।

नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ । अघिल्लो संस्करणमा सेमिफाइनल सम्मको यात्रा तय गरेको नेपालले यसपटक समूह चरणमा श्रीलंकासहित टेस्ट मान्यता दुई राष्ट्रको सामना गर्नेछ । अर्को टेस्ट टोलीका रुपमा बंगलादेश रहेको छ । नेपाल, श्रीलंका, बंगलादेश र यूएई एउटा समूहमा छन् । अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

राउन्ड रोविन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल यूएईसँग भदौ २४ गते खेल्नेछ ।

नेपाली टोलीः रोहितकुमार पौडेल (कप्तान), पवन सर्राफ, कमलसिंह ऐरी, रित गौतम, हरिबहादुर चौहान, भिम सार्की, मोहमद आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, राशिद खान, सागर ढकाल, खडक बहादुर बोहोरा, सूर्य तामाङ, लोकेश बम र प्रतिस जिसी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *