२०१८ रोनाल्डोको जीवनको सबैभन्दा खराब वर्ष!

डिसी नेपाल
५ भदौ २०७६ १२:५४

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सन् २०१८ आफ्नो जीवनकै खराब वर्ष भएको बताएका छन् । पोर्चुगिज टेलिभिजनसँग कुरा गर्दै रोनाल्डोले बलात्कारको आरोप जस्ता कुराले आफ्नो सम्मानमा दाग लागेको भन्दै सन् २०१८ खराब वर्ष रहेको बताएका हुन् ।

‘व्यक्तिगत रुपमा भन्नु पर्दा सन् २०१८ मेरो लागि खराब वर्ष हो,’ पोर्चुगिज टेलिभिजन टीभीआईसँग रोनाल्डोले भने, ‘जब मानिसहरुले तपाइको सम्मानमा प्रश्न गर्छन । यसले दुख्छ, धेरै पीडा हुन्छ ।’

गत वर्ष रोनाल्डोलाई अमेरिकाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिईन् । अमेरिकी नागरिक क्याथ्रीन मेयार्गाले रोनाल्डोले लास भेगासको एक होटलको कोठामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएका थिए ।

तर, ३४ वर्षे रोनाल्डोले भने त्यसलाई ठाडै अस्वीकार गर्दै आएका थिए । रोनाल्डोले आफुलाई फसाउन त्यसो गरिएको बताउँदै आएका छन् । उक्त मुद्दामा रोनाल्डोले सफाई समेत पाईसकेका छन् ।

‘जब मानिसले तपाईको सम्मानमा धावा बोल्छ जुन निकै कठिन छु,’ रोनाल्डोले थपे, ‘भगवानलाई धन्यवाद, म पुनः निर्दोष साबित भए ।’ गत सिजन रोनाल्डो स्पेनिस क्लब रियल मड्रिड छाडेर युभेन्ट्स आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *