अब भिडियो कन्फ्रेंसिंगबाटै मन्त्रिपरिषद् बैठक बस्न सक्ने

डिसी नेपाल
५ भदौ २०७६ १८:२७

काठमाडौं। नेपाल सरकारको मन्त्रि परिषद्को बैठक अब देखि भिडियो कन्फ्रेंसिंगबाट पनि हुने भएको छ । मन्त्रिपरिषदको बैठकले भिडियो कन्फ्रेसिंगबाटै मन्त्रिपरिषद बैठक बस्ने सक्ने निर्णय गरेको हो। बिहीबार मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्रि गोकुल बास्कोटाले मन्त्रिपरिषद्को बैठक भिडियो कन्फ्रेसिंगबाट पनि गर्न सकिने निर्णय भएको बताए।

मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०६५ लाई संसोधन गरि प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको समयमा पनि भिडियो कन्फ्रेंसिंग लगायतका सुचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने गरि नियमावली संसोधन गरिएको संचार मन्त्रि बास्कोटाले जानकारी दिए। सरकारले गरेको यो निर्णयबाट स्वास्थ्य परिक्षणको शिलशिलामा सिंगापुर रहेका प्रधानमन्त्रीले भिडियो कन्फ्रेंसिंग मार्फत बैठकको अध्यक्षता गर्दै निर्णय गर्न सक्ने छन्।

यस्तै मन्त्रि परिषदको बैठकले तराई मधेश द्रुत मार्गको केहि स्थानमा बाटो परिवर्तन गर्ने निर्णय पनि गरेको छ । विगत ३ वटा मन्त्रिपरिषद बैठकले विभिन्न ३५ वटा निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *