सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने डा. काफ्लेको विश्वास

काठमाडौं । वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रिटेनाईन बढेकोले सिंगापुरमा हुने उपचारले राम्रो नतिजा आउने विश्वास दिलाए। एन्टिबडीको मात्रा घटाउन सकियो भने स्वास्थ्य अवस्था राम्रो हुने उनको भनाई छ।
बिहिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डा. काफ्लेले मुलुकको प्रधानमन्त्रीजस्तो व्यक्ति उपचार गर्न जाँदा नकारात्मक टिप्पणी गर्न नहुने आशय व्यक्त गरे। उनले भने, ‘देश डुबाउनेगरि खर्च हुँदैन् । यो खर्चिलो उपचार होईन ।’
यद्धपी उनले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था के–कस्तो छ? भन्ने कुरा नेपाली जनताले थाहा पाउनुपर्ने बताए। उनले नेपाली जनतालाई निःशुल्क डाईलाईसको सुविधा दिलाउने कामको जसपनि वर्तमान प्रधानमन्त्री ओलीलाई जाने बताए।
डा. काफ्लेले एन्टीबडी बढेर जानु भनेको खतरानाक भएको टिप्पणी गर्दै यस्तो अवस्थामा साधारण औषधीले पनि काम नगर्ने जनाए। तर, प्लाज्माफेरिसिस मार्फत एन्टीबडी नर्मल गर्न सकिने उनले बताए। एक सेसन गर्दा नेपालमा ७० देखि ८० हजार रुपैयाँ लाग्ने बताए।
उनका अनुसार कम्तिमा पनि ६ पटक गर्नुपर्ने हुन्छ। प्रधानमन्त्रीको मुटु, कलेजोलगायतका महत्वपूर्ण अंगहरु राम्रो भएकोले पूनः मृगौला प्रत्यारोपणपनि हुनसक्ने काफ्लेले बताए।
Facebook Comment