सिराहा र मकवानपुरमा २ जना मृत अवस्थामा फेला

काठमाडौं । सिराहा, औरही गाउँपालिका २ देउरीपट्टी बस्ने भारत घर भएका मंगला सदाकी १२ वर्षीया छोरी पूजा सदा बिहीबार दिउँसो सुतिरहेको अवस्थामा मृत फेला परेकी छन्।
मकवानपुर, राक्सिराङ गाउँपालिका ६ कराचे बस्ने ४५ वर्षीय सुक बहादुर चेपाङ घरदेखि करिब ५ सय मीटर पर भिरबाट लडेर मृत्यु भएको अवस्थामा बिहीबार बिहान फेला परेका छन्।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment