श्रीलङ्कामा लगाइएको संकटकाल हट्यो

डिसी नेपाल
७ भदौ २०७६ ५:५०

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशमा लगाइएको सङ्कटकाल अन्त्य भएको श्रीलङ्काका सञ्चारमाध्यमहरूले रक्षा मन्त्री जनरल सान्था कोटेगोडालाई उद्धृत गरी उल्लेख गरेका छन्। गत अप्रिल २१ पछि लगाइएको संकटकाल चार महिनापछि हटाइएको उनले बताए ।

आतङ्कवादीहरूले गरेको आक्रमणमा परी दर्जनौको मृत्यु भएको घटनापछि श्रीलङ्कामा सङ्कटकाल लागू गरिएको थियो। यसअघि अप्रिल २२ देखि हरेक महिनाको २२ तारिखका दिन सङ्कटकालको म्याद थप्दै आएका राष्ट्रपति सिरिसेनाले यस पटक भने नथप्नु भएको सैन्य अधिकारीहरूले शुक्रबार जनाएका छन्।

अप्रिल २१ तारिखका दिन भएको आतङ्कवादी हमलामा परी २५० भन्दा बढीको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए। घटनाको अनुसन्धानका लागि प्रहरीले सय जना भन्दा बढीलाई पक्राउ गरेको र अनुसन्धान जारी गरेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *