भौगर्भिक समाजको अध्यक्षमा घिमिरे
काठमाडौँ । नेपाल भौगर्भिक समाजको अध्यक्षमा रामप्रसाद घिमिरे निर्वाचित भएका छन् । समाजको १९औँ कार्यकारीणी समितिको शुक्रबार भएको निर्वाचनबाट घिमिरेको अध्यक्षतामा आठ सदस्यीय समिति चयन भएको हो।
समाजको उपाध्यक्षमा नारायणगोपाल घिमिरे, महासचिव कुमार खड्का, उपमहासचिव उमेशचन्द्र भुसाल, कोषाध्यक्ष जयलक्ष्मी सिंह निर्वाचित भएको भूगर्भविद् डा कृष्ण देवकोटाले राससलाई जानकारी दिए।
यसैबीच, सदस्यमा दीपक गौतम, गोपाल भण्डारी र सुभास आचार्य निर्वाचित भएका छन् । निर्वाचन हुने आठ पदमध्ये अध्यक्ष र सदस्यबाहेक सबै पदमा विद्युतीय माध्यमबाट मतदान भएको थियो। कूल ११ सदस्य हुने समाजमा तीन सदस्य अध्यक्षले पछि मनोनित गर्नेछन्।
दुई वर्षे कार्यकालका लागि भएको समाजको निर्वाचनमा ९३४ मतदाता रहेकामा ५४८ मत खसेको थियो। नवनिर्वाचित अध्यक्ष घिमिरेले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । भूगर्भविद्ले विशेषत बाढी, पहिरो र भूकम्पको क्षेत्रमा काम गर्दै आएका छन्। रासस
Facebook Comment