पुनः गेर्खुको डाइभर्सन बाढीले बगाउँदा पासाङ ल्हामू राजमार्ग अवरुद्ध

डिसी नेपाल
७ भदौ २०७६ ९:२३

नुवाकोट । शुक्रबार राति परेको अविरल वर्षाका कारण गेर्खु खोलाको डाइभर्सन बाढीले बगाउँदा पासाङ ल्हामू राजमार्ग पुनः अवरुद्ध भएको छ।

तीनदिन अघि बाढीले बगाएर सञ्चालनमा आएको पासाङ ल्हामू राजमार्गकोे त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खु खोलाकोे डाइभर्सन पुनः शुक्रबारको बाढीले बगाएपछि सडक अवरुद्ध बनेको हो।

नुवाकोटको विदुर नगरपालिकामा पर्ने गेर्खु खोलाले गतवर्ष बर्खामा पुल भत्काएपछि अस्थायी रुपमा बनाइएको डाइभर्सन यो वर्ष मात्रै २ पटक बगाईसकेको छ ।

शुक्रबार राति बाढीले बगाएर अवरुद्ध भएको सडकमा अस्थायी हिमपाईप राखेर सडक सुचारु गर्ने तयारी गरेपनि खोलामा पानी नघटेकाले काम गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *