काङ्ग्रेस नेता रमेश लेखकलाई पितृशोक

काठमाडौँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ।
काङ्ग्रेस नेता एवं पूर्वमन्त्री लेखकका बुबा डा. प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए।
स्व. लेखकको पार्थिव शरीरलाई आज बिहान नैकापस्थित निजी निवासमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११ बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भट्टले बताए । रासस
प्रतिक्रिया
Facebook Comment