पर्वतमा मदिरा नियन्त्रण तथा महिला हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया

डिसी नेपाल
७ भदौ २०७६ २०:०६

पर्वत । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कुश्मा नगरपालिका–३ स्थित काफलचौर उच्च माद्यामिक बिद्यालयको प्राङगणमा मदिरा नियन्त्रण तथा महिला हिंसा न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको सहकार्यमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सामाजमा देखिने अपराधिक क्रियाकलाप तथा अन्य समस्याका बारेमा सम्बन्धित निकायमा जानकारी गराउनु हरेक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै समुदायको साथ र सहयोगको लागि जिल्ला प्रशासन कार्यालय सदैव तत्पर रहेको बताए।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, कुश्मा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेज प्रसाद उपाध्याय, सरुन्चौर टोल सुधार समितिका अध्यक्ष बेग बहादुर बिकलगायतले अन्तरक्रिया कार्यक्रमको महत्वबारेमा मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा मदिरा नियन्त्रण, महिला हिंसा न्यूनिकरण तथा अन्य समसामयिक विषयमा देखा परेका समस्या र सुधार गर्नुपर्ने विभिन्न विषयहरुमा छलफल समेत गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र कुश्माका पदाधिकारीहरु, काफलचौर उच्च माद्यामिक बिद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरु, ज्येष्ठ नागरिक, वुद्धिजीवी, समाजसेवीलगायतको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *