सलाहको उत्कृष्ट प्रदर्शनमा लिभरपुलसँग आर्सनल स्तब्ध
एजेन्सी । लिभरपुलले इन्ग्लिश प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनललाई ३–१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले तेस्रो जित निकालेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । यस्तै जोएल माटिपले एक गोल गरे । आर्सनलका लुकास ट्रोरिराले एक गोल गरेर हारको अन्तर घटाए।
खेलको ४१ औं मिनेटमा माटिपको गोलबाट लिभरपुलले अग्रता बनाएको थियो । ४९ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता २–० को बनाए ।
खेलको ५८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३–० को अग्रता बनाए । त्यसपछि खेलको ८५ औं मिनेटमा लुकासले एक गोल फर्काएपनि आर्सनल ३–१ ले पराजित हुन पुग्यो ।
जितसँगै लिभरपुलले ३ खेलबाट शतप्रतिशत नतिजासहित ९ अंक जोडेको छ । लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ । आर्सनलको यो पहिलो हार हो । आर्सनलले ३ खेलबाट ६ अंक जोडेको छ । आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ ।
Facebook Comment