विकास समितिको वैठकमा शहरी विकास मन्त्री राईलाई प्रश्नै प्रश्न

डिसी नेपाल
८ भदौ २०७६ १६:५२

काठमाडौं । विकास समिति वैठकमा सहरी विकास मन्त्री मोहमद इस्तियाक राईलाई समिति सदस्यहरुले प्रश्नै प्रश्न सोधेका छन्।

विकास समितिको आजको बैठकमा मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास १८ वटा शहर उन्मुख गाउँहरुलाई नयाँ व्यवस्थित सहर बनाउने सरकारको योजना कहाँ पुग्यो भनेर सहरी विकास मन्त्रीसँग जवाफ लिने कार्य सुची थियो।

यसमा जानकारी सहित समितिको बैठकमा उपस्थित भएका मन्त्री मोहमद इस्तियाक राईलाई दर्जन बढी सांसदहरुले नयाँ सहरी कार्यक्रम कहाँ र कसरी भैरहेको भनेर प्रश्न सोधेका थिए।

समितिको बैठकमा पूर्व शहरी विकास मन्त्रीसमेत रहेका सांसद प्रभु साहले कुन कुन शहरको लागि कसरी काम भैरहेको भनेर प्रश्न सोधेका थिए। सांसदहरुले सबै १८ वटा नयाँ शहर बनाउने योजना भन्दा पनि पहिला एउटा नमुना शहर बनाएर दिएका थिए।

समितिका सदस्यहरुको प्रश्न सुनेपछि जवाफ दिदै मन्त्री महोमद राइले काम गरे ढिलो भए पनि काम नरोकिएको बताएका हुन्। काम छिटो गर्न कर्मचारी र बजेटको अभाब रहेको भन्दै काम गर्न गाह्रो परेको गुनासो गरे।

सरकारले मध्य पहाडी लोकमार्गमा १० वटा र हुलाकी राजमार्गमा ८ वटा व्यवस्थित शहर विकास गर्ने भनेर आर्थिक वर्ष २०६७/६८ देखि काम गर्दै आएको छ। यसको काम भने निकै नै सुस्त भएको भनेर आलोचना पनि हुदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *