गोर्खा ब्रअरी प्रकरणमा मुछिएका अर्का न्यायाधीशले दिए राजीनामा

डिसी नेपाल
८ भदौ २०७६ १९:२२

काठमाडौं। गोर्खा ब्रुअरीको पक्षमा अन्तरिम आदेश जारी गरेपछि छानबिनको दायरामा तानिएका न्यायाधीश रामचन्द्र यादवले राजीनामा दिएका छन् ।यसअघि छानबिनमा तानिएका न्यायाधीश जीवनहरि अधिकारीले २ भदौमा राजीनामा दिएका थिए ।

९ साउनमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले क्षेत्राधिकार नभएको मुद्दा दर्ता गरी अन्तरिम आदेश जारी गरेको भन्दै उच्च अदालत पोखरामा कार्यरत न्यायाधीश रामचन्द्र यादव, नरबहादुर शाही र जीवनहरि अधिकारीमाथि छानबिन र कारबाही गर्न न्यायपरिषदमा लेखी पठाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेश लगत्तै तीनैजना न्यायाधीशलाई उच्च अदालत पोखराबाट न्यायपरिषद् सचिवालयमा काज सरुवा गरिएको थियो ।

आदेशपछि न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका न्यायाधीशले जारी गरेको आदेशका विषयमा छानबिन गर्न सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिले उच्च अदालतले जारी गरेको आदेशका विषयमा छानबिन गरिरहेको छ ।

छानबिन समितिलाई बयान दिए लगत्तै यादवले पदबाट राजीनामा दिएका हुन् । आइतबार प्रधानन्यायाधीश राणालाई बुझाएको राजीनामा पत्रमा गोर्खा ब्रुअरीका पक्षमा अन्तरिम आदेश जारी गर्दा कुनै ऐन–कानून उल्लंघन नगरेको यादवले उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *