तीनकुनेमा टिप्परले ३ वटा मोटरसाइकललाई ठक्कर दियो, १ जनाको मृत्यु ३ जना घाइते

डिसी नेपाल
८ भदौ २०७६ २१:५६

काठमाडौं। राजधानी काठमाडौंको तीनकुनेमा आइतबार अबेर भयानक सडक दुर्घटना भएको छ । एक टिप्परले ३ वटा मोटरसाइकललाई ठक्कर दिएको गौशाला प्रहरीले जानकारी दिएको छ। घटनामा एकजनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन्।

घाइते मध्ये २ जनाको केएमसीमा र एकजनाको सिभिल अस्पतालमा उउपचार भइरहेको प्रहरीले जनाएको छ। बा ३ ख ४३१७ नम्बरको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन नसेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *