ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनपछि बार्सिलोनाको फराकिलो जीत

डिसी नेपाल
९ भदौ २०७६ १२:०८

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई एन्टोनी ग्रीजम्यानले उत्कृष्ट प्रदर्शन गर्दै जिताएका हुन् । ग्रीजम्यानले खेलमा स्टार खेलाडीहरु लियोनेल मेसी, लुइस स्वरेज र उसमान डेम्बेलेको अनुपस्थितिको कमि हुन दिएनन् ।

ग्रीजम्यानले खेलमा २ गोल गर्नुका साथै एक गोल असिस्ट समेत गरेका थिए । त्यस्तै कार्लेस पेरेज, जोर्डी अल्बा र अर्टूरो भिडालले एक एक गोल गरेका थिए । बेटिसका लागि नाबिल फेकिर र मोरोन ग्रासियाले एक एक गोल गरेका थिए । ग्रीजम्यानले बार्सिलोनाको घरेलु मैदानमा पहिलो खेल खेल्दै गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

ला लिगामा पहिलो खेलमा अप्रत्यशीत हार बेहोरेको बार्सिलोनाले दोस्रो खेलमा भने फराकिलो जित हासिल गर्दै विजयी लयमा फर्किएको छ ।

त्यस्तै यस खेलमा अंसुमान फातिले बार्सिलोनाका लागि १६ बर्ष २९८ दिनमा ला लिगा डेभ्यु गर्दै कम उमेरमा ला लिगा खेल्ने दोस्रो खेलाडी बनेका छन् । यस अघि सन् १९४१ मा भिकेन मार्टीनेजले रियल म्याड्रिडबाट खेल्दै १६ बर्ष २८० दिनमा ला लिगा डेभ्यु गरेका थिए ।

अब बार्सिलोनाले अर्को खेल आगामी शनिबार ओसासुनासँग खेल्ने छ भने बेटिसले लेगानेजसँग खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *