म्यानचेस्टर सिटीको जितमा अग्युरोको दुई गोल

डिसी नेपाल
९ भदौ २०७६ १२:०९

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी विजयी भएको छ । आइतबार भएको खेलमा सिटीले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

सिटीको जितमा सर्जियो अग्युरोले २ गोल गरेका छन् भने रहीम स्टरलिङले एक गोल गरेका छन् । त्यस्तै बोर्नमाउथका लागि एक गोल ह्यारी विल्सनले गरेका छन् ।

यस खेलमा २ गोल गरेसँगै अग्युरोले आफ्नो क्यारियरमा क्लब र देशकालागि गरेर ४०० गोल पुरा गरेका छन् । जसमा अग्युरोले २३५ गोल सिटीका लागि गरेका छन् ।

सिटीले यस सिजनमा खेलेका तीन खेलमा यो दोस्रो जित हो । सिटीले यस सिजनमा पहिलो खेलमा वेस्टह्यामलाई पराजति गरेको थियो भने दोस्रो खेलमा टोटनह्यामसँग बराबरी खेलेको थियो ।

सिटीले अब अर्को खेल ब्राइटनसँग खेल्ने छ भने बोर्नमाउथले लेस्टर सिटीसँग खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *