प्रतिनिधिसभा बैठकः विज्ञापन विधेयक प्रतिवेदन पेश

डिसी नेपाल
९ भदौ २०७६ १७:३८

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा ‘विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश भएको छ।

उक्त विधेयक विकास तथा प्रविधि समितिमा झण्डै एक महीनासम्म दफावार छलफल भई आज पेश भएको हो।

विकास तथा प्रविधिसमितिका सभापति कल्याणीकुमारी खड्काले सो प्रतिवेदन पेश गरेकी हुन्। प्रतिनिधिसभाको अर्का बैठक यही भदौ १० गते अपराह्न ३ बजे बस्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *