चीन–अमेरिका व्यापार सम्बन्धमा सुधारका संकेत

डिसी नेपाल
९ भदौ २०७६ १९:२६

पेरिस (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः शुरु हुने बताएका छन् । दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ ।

फ्रान्सको बियारिजमा जारी सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी भएका राष्ट्रपति ट्रम्पले संवाददाताहरुसँग भने, ‘गएराति चीनबाट फोन आयो, र उनीहरुको भनाई वार्ताको टेबलमा बसौं भन्ने छ । त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौं ।’

राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीहरुका भनाई निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताए । गत शुक्रबार राष्ट्रपति ट्रम्पले चीनले अमेरिकी सामानको मुल्यवृद्धि गरेपछि अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा करवृद्धिको घोषणा गरेका थिए । संयुक्तराज्य अमेरिकाले चिनियाँ व्यापार मोडेलमै परिवर्तन ल्याउन र व्यापक सुधार गर्न दबाब दिइरहेको छ । तर, अमेरिकी गठबन्धनका मुलुकहरुले चीनसँगको व्यापार युद्धले विश्व अर्थतन्त्रमै समस्या निम्तिने बताइरहेका छन् ।

अमेरिका र चीनबीच लामो समयदेखि व्यापार युद्ध चलिरहेको छ । व्यापार युद्ध अन्त्य गर्न भन्दै दुई मुलुकका प्रतिनिधिहरुबीच विभिन्न चरणमा वार्ताहरु भए पनि त्यसले ठोस निश्कर्ष निकाल्न सकेको छैन । चीन र अमेरिकाबीच चुलिएको व्यापार युद्धले समग्र अर्थतन्त्रमा नै नकरात्मक असर परेको भन्दै जी सेभनको बैठकमा चिन्ता प्रकट गरिएको थियो । जी सेभनको बैठकमा चीन–अमेरिका व्यापार युद्धको विषयमा चिन्ता प्रकट गरिएको भोलीपल्ट अमेरिकी राष्ट्रपतिको सकरात्मक टिप्पणी आएको हो । यसले चीन र अमेरिकाबीच फेरि सौहार्द व्यापार वातावरण बन्ने सक्ने आशा पलाएका छन् । तर, राष्ट्रपति ट्रम्पले बेला बेलामा आश्र्चाजनक निर्णय लिने भएकाले उनको पछिल्लो टिप्पणीपछि कुनै नयाँ प्रगति हुनेछ भन्ने विषयमा त्यति विश्वास गर्न सकिने वातावरण भने बनिसकेको छैन ।

अमेरिका–चीन व्यापार युद्धको सबैभन्दा खराव प्रभाव चिनियाँ कम्पनी हुवावेमा परेको छ । अमेरिकाले हुवावेका उत्पादनहरुले अमेरिकाको गुप्तचरी गरेको आरोप लगाउँदै आएको हुवावेले भने अमेरिकाको त्यस्तो आरोपको खण्डन गर्दै आएको छ । विश्वकै ठूलो टेलिकम कम्पनी हुवावेका उत्पादनहरु प्रयोग नगर्न अमेरिकाले आफ्ना सहयोगी मुलुकलाई पनि आग्रह गरेपछि उसका विभिन्न यूरोपेली सहयोगी राष्ट्रहरुले हुवावेको उत्पादन उपयोग गर्न छोडेका छन् ।

जसको कारण हुवावेको विश्वव्यापी कारोबारमा निकै कमी आएको छ । अमेरिकासँगको व्यापार विवादकै बीच अमेरिकी कम्पनी गुगलले पनि हुवावेसँगको व्यापारिक सम्बन्धमा कटौती गरेको छ । गुगलले हुवावेलाई गुगल प्ले स्टोरको सुविधान नदिने बताएपछि हुवावेले आफ्नो आईएसओ निर्माण गरेको छ । हुवावेकी आर्थिक विभाग प्रमुख मङक क्यानेडामा पक्राउ परेपछि अमेरिका र चीनबीच व्यापार युद्ध चुलिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *