मलेसियन क्लवसँग नेपाल पराजित
काठमाडौं । विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सोमबार मलेसियन लिग च्याम्पियन जोहोर डारुल टाजिम एफसीसंग भएको मैत्रीपूर्ण खेलमा नेपाली टिम १–० गोल अन्तरले पराजित भएको हो ।
सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको नेपाल पहिलो हाफको तेस्रो मिनेटमै पछाडी पर्यो । डिबक्स बाहिर फ्रिकिक पाएको जोहोरका निकोलस अवर्टोले गोल गर्न सफल भएका थिए ।
प्रशिक्षक जोहान कालिनले विमल घर्तिमगरलाई एक्लो फरवार्डको रुपमा मैदान उतार्दै मिडफिल्डमा जोड दिएका थिए । तर नेपाली टिमले मलेसियन क्लबविरुद्द जित निकाल्न भने सकेन ।
कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।
छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।
नेपालले कुवेतसँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।
Facebook Comment