एमबाप्पे चार हप्ता मैदान बाहिर !
पेरिस (एजेन्सी) । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एमबाप्पे चार हप्ता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङको चोटका कारण एम्बाप्पे करिब एक महिना मैदान बाहिर रहने भएका हुन् ।
लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा एम्बाप्पेले चोट बाकेको थिए । पीएसजीले एमबाप्पेको चोटको पुष्टि गर्दै उनी चार हप्ता मैदान बाहिर रहने बताएको हो ।
आईतबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ४–० गोल अन्तरले हराएको थियो । एमबाप्पे दोस्रो हाफमा चोट बोक्दै मैदान बाहिरिएका थिए । पहिलो हाफको खेलमा ईडिन्सन काभानी चोट बोक्दै मैदान बाहिरिएका थिए ।
एमबाप्पेको चोटको जाँच गर्दा उनी करिब महिना दिन मैदान बाहिर रहने पीएसजीको भनाई छ । ‘बिहान गरिएको परिक्षणमा उनलाई निको हुन चार हप्ता लाग्ने देखिएको छ’, पीएसजीले भनेको छ ।
लिग वान क्लब पीएसजी अहिले नेयमार बिना खेलिरहेको छ । नेयमार स्पेनिस क्लबसंग जोडिएपछि मुख्य प्रशिक्षक थोमस टुचेलले उनलाई टिम बाहिर राखेका छन् । पीएसजीले अन्तराष्ट्रिय विश्राम अघि लिग वानमा मेट्जसंग शुक्रबार अवे खेलमा प्रतिस्पर्धा गर्नेछ ।
Facebook Comment