भारतका पूर्वप्रधानमन्त्री सिंहको विषेश सुरक्षा व्यवस्था फिर्ता

डिसी नेपाल
१० भदौ २०७६ ६:०१

नयाँ दिल्ली । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई दिइएको विषेश सुरक्षा व्यवस्था सरकारले फिर्ता लिएको छ ।

“विषेश सुरक्षा बल (एसपीजी)” का रुपमा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइएको सरकारी अधिकारीले सोमबार जनाएका छन् ।

भारतमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र उनका परिवारका सदस्यहरूलाई विषेश सुरक्षा बल प्रायः खटाउने गरिएको छ । उनलाई अब दोस्रो उच्चस्तरको सुरक्षा व्यवस्था मानिने जेड प्लस सुरक्षा सेवा प्रदान गरिने भएको छ ।

अहिलेसम्म उनलाई दिइदै आएको सुरक्षा सेवामा पुर्वविचार गरिएको सरकारी अधिकारीको भनाई छ । यसलाई सुरक्षा निकायहरुले व्यवसायीक दृष्टीकोणबाट लिनु पर्ने बताएका छन् ।

सिंहले प्रधानमन्त्रीको दुई बर्षे कार्यकाल पुरा गरेर सन् २०१४ मा विदा लिएका थिए । बर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी त्यसपछि प्रधानमन्त्री बनेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *