हङकङका दुई खेलाडीलाई आजीवन प्रतिबन्ध !
एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले हङकङका दुई खेलाडीलाई क्रिकेटमा आजीवन प्रतिबन्ध लगाएको छ ।
आईसीसीले इरफान अहमद र नादीम अहमदलाई क्रिकेटमा आजीवन प्रतिबन्ध लगाएको हो । उनीहरु दाजुभाई हुन् । यस्तै आईसीसीले अर्का खेलाडी हसिब अमजादलाई भने ५ वर्षको प्रतिबन्ध लगाएको छ ।
आईसीसीले क्रिकेटको एन्टी करप्सनको नियम उल्लङ्घन गरेको भन्दै दुई खेलाडीलाई प्रतिबन्ध लगाएको क्रिकइन्फोले जनाएको छ । आईसीसीले तीनै खेलाडी म्याच फिक्सिङ संग्लग्न भएको आरोप लगाएको छ । उनीहरुले स्कटल्याण्ड र क्यानडासँगको खेलमा म्याच फिक्सिङ गरेको आरोप आईसीसीको छ ।
उनीहरुले २ वर्षमा थुप्रै अन्तराष्ट्रिय खेलमा फिक्सिङ गर्न खोजेको समेत उल्लेख गरेको छ । ‘यो निकै लामो र गार्हो अनुसन्धान थियो । अनुभबी खेलाडीबाट यस्तो कार्य भएको छ । अन्तत यसको सहि निर्णय निकालेका छौँ’ आईसीसीका जेनेरल म्यानेजर एलेक्स मार्शलले भने, ‘निकै समय लागेको अनुसन्धानले उनीहरु गलत रहेका देखाएको छ।’
यस्तै मार्शलले यो नतिजाले अन्य खेलाडीलाई समेत यस्तो काम गर्न हतोत्साहित गर्नेमा आफु विश्वस्त रहेको बताए ।
Facebook Comment