सडक दुर्घटनामा सात सर्वसाधारणको मृत्यु, एघार घाइते
ग्वानझाउ । चीनको दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा सात सर्वसाधारणको मृत्यु भएको छ।
यस दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय समयानुसार सोमबार मध्यरातमा उक्त दुर्घटना भएको थियो ।
यस बसमा ४७ जना सवार रहेका थिए। छ जनाको घटनास्थलमा नै मृत्युु भएको अन्य एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते भएका अन्य ११ जनाको अवस्था सामान्य रहेको छ । दुर्घटना हुनुको कारण भने थाहा भएको छैन।रासस/सिन्ह्वा
प्रतिक्रिया
Facebook Comment