खातामा २११ रुपैयाँ मात्र बाँकी थियो, त्यही लगानी गर्दा एक झट्कामा ५० करोड !
एजेन्सी। क्यानडाकी एक महिलाको खातामा डेढ पाउण्ड (२११ नेपाली रुपैयाँ) मात्र बाँकी थियो । उनले त्यही रकम लगानी गरेर एक झट्कामा ३६ लाख पाउण्ड (५० करोड नेपाली रुपैयाँ) जितेकी छिन् । यद्यपि उनले यो रकम एकैपटक पाउने छैनन् । द सनको समाचारमा उल्लेख भएअनुसार उनले आगामी ३० वर्षसम्म प्रत्येक महिना १० हजार पाउण्ड (१४ लाख ७ हजार नेपाली रुपैयाँ) पाउनेछिन् ।
४२ वर्षीया विक्की मिशेलले यो लटरी किन्दा उनको अनलाइन खातामा डेढ पाउण्ड मात्र बाँकी थियो । क्यानडाको हलिफेक्सकी विक्की मिशेलको त्यतिबेला खुसीको सीमा रहेन जब उनले लटरीको फाइनल ड्र मा ३६ लाख पाउण्ड जितिन् । अहिलेसम्म साधारण घरमा बस्ने विक्की अब कुनै राम्रो ठाउँमा सर्न चाहन्छिन् । एक लेखासम्बन्धी फर्ममा प्रशासनिक सहायिका विक्की भन्छिन् – तपाइँ कहिल्यै पनि सोच्नुहुन्न कि तपाइ केही ठूलो जित्दै हुनुहुन्छ तर जब यस्तो हुन्छ यसले जिन्दगी बदलिदिन्छ ।
मिशेल यो लटरीको टिकट किनिरहन्थिन् । हालै उनले यो लटरीबाट १० पाउण्ड पनि जितेकी थिइन् । उनले यो १० पाउण्डबाट पनि लटरीकै फरक फरक ड्रको टिकट किनेकी थिइन् । यी लटरीबाट उनले ५ पाउण्ड मात्र जित्न सकिन् । त्यो ५ पाउण्डबाट पनि उनले अरु टिकट किनिन् । गत सोमबार उनीसँग मात्रै डेढ पाउण्ड बाँकी थियो । यो पैसाबाट उनले अन्तिम टिकट किनिनत् जसले उनलाई सबैभन्दा ठूलो पुरस्कार जितायो ।
ड्रको दिन मिशेल उनका छोरा काममा गए कि गएनन् भनेर हेर्न बिहान चाँडै उठेकी थिइन् । त्यही समय उनले नेशनल लटरीको इमेल देखिन् । पहिलेदेखि नै निकै कम रकम जित्ने उनलाई लाग्यो कि यसपटक पनि उनले थोरै राशी जितेकी छिन् । उनले इमेल खोलेर हेर्दा आफूले जितेको रकम देखेर चकित परिन् । उनले आफ्ना पतिलाई उठाएर मोवाइलमा इमेल देखाउँदै आफूले लटरी जितेको बताइन् । पतिले भने ‘के यसपटक एक पाउण्ड जित्यौ ?’
Facebook Comment