अदालतले भन्यो ‘शालिकरामले एक्लै भिडियो रेकर्ड गरेको होइन, त्यहाँ अरु पनि कोही थियो’

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको ‘डाइङ डिक्लेरेशन’ मानिएको भिडियो अरु कसैको सहयोगमा रेकर्ड भएको चितवन जिल्ला अदालतले ठहर गरेको छ । उनको मोवाइलमा रेकर्ड भएको भिडियो रेकर्ड भएको बेला त्यहाँ शालिकरामसँगै अन्य कोही पनि उपस्थित रहेको अदालतले हिजो दिएको आदेशमा भनिएको छ । यही भिडियोका कारण रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ परेका थिए ।
आदेशमा भिडियो रेकर्ड गर्दा र आत्महत्या गर्दाको मनस्थिती फरक रहेको भनिएको छ । भिडियो रेकर्ड गर्दा शालिकराम भित्री वस्त्रमा देखिएको तर आत्महत्या गर्दा पाइन्ट, सर्टसहितको पहिरनमा देखिएको अवस्थाले उनको मनथिति फरक भएको ठहर गरिएको हो । पुडासैनीले घटनास्थलको सो कोठामा उपयुक्त उचाइको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख नभएको पनि आदेशमा उल्लेख छ ।
Facebook Comment