‘भ्रमण वर्ष २०२० को लक्ष्य हासिल गर्न कार्यशैलीमा तीब्रता दिनुपर्ने’

डिसी नेपाल
१० भदौ २०७६ २०:०६

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तीब्रता ल्याउनुपर्ने बताएका छन्।

पर्यटन विभागले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन वर्ष मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु बाँकी नै रहेकाले कार्यशैलीमा तीब्रता ल्याउनुपर्ने आवश्यकता औल्याएका हुन्।

उनले पर्यटन विभागले केन्द्रीय रुपमा गर्दै आएको कामहरुको अख्तियारी मुलुकका विभिन्न ७ स्थानका कार्यालयहरुलाई हस्तान्तरण गरिसकेकाले सबै तहबाट पर्यटन वर्ष लक्षित गरि कामलाई तिब्रता दिनुपर्ने बताए।

उनले भने, ‘पर्यटन बर्ष २०२० को मिसन पुरा गर्न मूल आयोजक समिति र सचिवालयले गर्नुपर्ने थुप्रै कामहरु छन् । त्यसमा केही ढिलाई भएको छ । आगामी दिनमा सामान्य हिडाईबाट लक्ष्यमा पुग्न सकिन्न । अलिकति दौडिनु पर्नेछ । स्पीड अप गर्नुपर्नेछ । हाम्रो गियर चाही १ ÷२ नम्बरबाट अब हुदैन । माथिल्लो गियरमै जानुपर्छ।’

उनले सरकारले आगामी पुस महिना भित्र नै गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका सबै काम सम्पन्न गर्ने तथा त्यसको केही महिना भित्र उडान पनि सुरु लक्ष्यसाथ काम भईरहेको बताए। त्यसैगरी सुर्खेत विमानस्थललाई रात्रीकालिन उडान भर्ने व्यवस्था सहित स्तरोन्नतिको काम भईरहेको पनि उनले जानकारी दिए।

मंगलबार पर्यटन विभागले विशेष कार्यक्रम गरी काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारी सहित अधिकार प्रत्यायोजन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *