स्थलगत अध्ययनका लागि राष्ट्रिय सभा सरोकार समितिकाे टाेली कर्णाली जाने

डिसी नेपाल
१० भदौ २०७६ २०:२२

काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कर्णाली क्षेत्रको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले कर्णाली क्षेत्रको विकाश निर्माण सम्बन्धमा स्थलगत अध्ययन गर्ने भएको हो। कर्णालीको विकासको सम्बन्धमा धेरै प्रयास भए पनि अपेक्षित प्रतिफल आउन नसकेको गुनासो बढिरहेको बेला समितिले स्थलगत अध्ययन गर्ने भएको छ ।

कर्णाली क्षेत्रमा बसोबास गर्ने जनताको दैनिकी र जीवन स्तर समेत मानव सूचकांकको आधार बिन्दु भन्दा तल रहेको छ । समितिले आफ्नो स्थलगत अध्ययन भ्रमणमा विकाश निर्माण, सामाजिक विकाश, शिक्षा, उद्योग, पर्यटन, प्राकृतिक स्रोत सम्पदा समेतको अध्ययन गर्ने कार्यसूची बनाइएको छ।

समितिले स्थलगत अध्ययन भ्रमणले विकासमा भएको बाधा फुकाउन सहयोग पुग्ने र स्थानीयको गुनासो समेत सुनिने भएकोले अध्ययन भ्रमण महत्वपूर्ण हुने बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *