सकारात्मक विषयहरु गौण बन्दै गए : मन्त्री लालबाबु पण्डित

डिसी नेपाल
१० भदौ २०७६ २०:५३

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले सकारात्मक विषयहरु गौण बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल एन प्याब्सनले मंगलबार राजधानीमा गरेको जिल्लाव्यापी अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता कार्यक्रममा बोल्दै उनले मुलुकमा पछिल्लो समय नकारात्मक कुरा बढी र सकारात्मक कुरा गौण बन्दै गएको बताएका हुन्।

उनले शिक्षा नै विकास र सम्मृद्धिको मुल आधारस्तम्भ भएको भन्दै सकारात्मक सोच र विचार प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे। उनले अंग्रेजी माध्यमलाई प्राथमिकता दिए जस्तै नेपाली विषयलाई पनि कमजोर हुने वातावरण बनबनाउन पनि सचेत गराए।

नृत्य प्रतियोगितामा भिजन एकेडेमी कोटेश्वर पहिलो , विपुल शिक्षा निकेतन बौद्ध दोश्रो र नेरिक एकेडेमी शंकमूल तेश्रो तथा कान्तिपुर एकेडेमी जोरपाटी चौथो भएका छन्।

प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार, तेश्रोले ५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो देखि दशौ स्थान प्राप्त गरेकाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *