जयदेव भट्टराईको नयाँकृति ‘स्मृतिमा छाडेर जानेहरु’ सार्वजनिक

डिसी नेपाल
११ भदौ २०७६ ७:१०

काठमाडाैं। साहित्यिक अन्वेषक एवं साहित्यिक पत्रकार जयदेव भट्टराईको नयाँकृति ‘स्मृतिमा छाडेर जानेहरु’ सार्वजनिक भएको छ। आफ्ना बुवा इतिहासकार एवं दुई दर्जनभन्दा बढी कृतिका लेखक गुणदेव भट्टराईको एघारौं वार्षिकीमा मंगलबार उक्त कृति सार्वजनिक गरिएको हो।

नेपाली साहित्यको क्षेत्रमा नाम कमाएका र ओझल परेकाहरुसँगको स्मृति र उहाँँहरुबारे लेखिएका ३६ वटा संस्मरणहरु यसमा समेटिएका छन्।

लेखक भट्टराईले यसभित्र डायमनशम्सेर राणा, गोविन्द गोठाले, बालकृष्ण पोखरेल,फणीन्द्रराज खेताला,कमलमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, धर्मराज थापा,पुण्यरश्मि खतिवडा,देवकुमारी थापा, बुलु शर्मा,देवी शर्मा, सुन्दरप्रसाद शाह दुखी, शिव रेग्मी, जगदीशशम्सेर राणा, शिव रेग्मी, जगदीश घिमिरे, दैवज्ञराज न्यौपाने,प्रेमा शाह, मनु ब्राजाकी, कृष्णभूषण बलआदिसँगका संस्मरण र उनीहरुको शब्दचित्र प्रस्तुत गरेका छन्।

जनता प्रसारण तथा प्रकाशन लि.ले प्रकाशमा ल्याएको उक्त कृतिअघि भट्टराईका मौलिक र सम्पादित गरी एक दर्जन कृति प्रकाशमा आइसकेका छन्। मधुपर्क मासिकका सम्पादक भट्टराई विगत ३३ वर्षदेखि लेखन क्षेत्रमा क्रियाशील छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *