कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ। साउन २९ मा स्थगित बैठककै निरन्तरताकै रूपमा बैठक बस्न लागेको हो। सभापति शेरबहादुर देउवाले बैठकमा छलफल हुने एजेन्डाबारे अनौपचारिक समझदारी जुटाउने प्रयास गरेका छन्।
एकै पटक बैठकमा छलफल सुरु गर्दा विवाद बढेपछि देउवाले बैठकअघि नै अनौपचारिक सहमति जुटाउन खोजेका हुन्।
बैठकमा विघटित भ्रातृ संस्थाको पुनर्गठन, नियमावली संशोधन, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे आवश्यक निर्णय लिने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment