भारत पाकिस्तानबीच तनावको खतरा, पाकिस्तानले एलओसीमा १०० कमाण्डो तैनाथ गर्यो
एजेन्सी। भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । पाकिस्तानले नियन्त्रण रेखा अर्थात एलओसीमा १०० कमाण्डो तैनाथ गरेको छ । भारतले यी कमाण्डोको बीचमा जैश ए मोहम्मदका कार्यकर्ता पनि भएको दावी गरेको छ । यस विषयमा पाकितानले केही बोलेको छैन । भारतीय सेनाले अहिले सीमापार भइरहेका गतिविधिको विश्लेषण गरिरहेको जनाएको छ ।
भारतीय सैन्य सूत्रको हवाला दिँदै भारतीय मिडियाले लेखेअनुसार पाकिस्तानी सेनाका कमाण्डोको साथमा जैश ए मोहम्मदसहित अन्य अतिवादी संगठनका प्रशिक्षित कार्यकर्ता पनि छन् । सीमा क्षेत्रमा गोली हानाहान भइरहेको बताइएपनि के कति क्षति भयो भन्ने खुलेको छैन । यहाँ अफगानिस्तानबाट समेत अतिवादीहरु आएको बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment